७ कार्तिक २०८१, बुधबार

नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

प्रकाशित मिति :  23 June, 2024 5:10 pm


काठमाडाैँ । राष्ट्रिय सभा बैठकमा नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश भएको छ ।

आइतवारको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश गरेका हुन्।

पेश गर्दै उनले नवीकरणीय उर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभुत आवश्यकताका लागि सुलव मूल्यमा भरपूर उर्जाको आपूर्ति सुनिश्चित हुने बताए ।

उनले ग्रामिण उर्जा नीति, २०६३ र राष्ट्रिय उर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमश नविकरणी उर्जा एवं उर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरूको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानूनी व्यवस्था हुने बताए ।



प्रतिक्रिया दिनुहोस !