२ श्रावण २०८१, बुधबार

जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः सांसद महत

प्रकाशित मिति :  23 June, 2024 5:53 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन् ।

आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले अहिलेसम्म बोल्नुभएका कुराहरू कुनैपनि दिगो र सत्य नभएको दाबी गरे । उनले जिबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भएपनि हालसम्म पक्राउ गर्न नसकेको बताए । उनले जिबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए ।

“गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनैपनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जिबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन । उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ,” उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए ।



प्रतिक्रिया दिनुहोस !