७ कार्तिक २०८१, बुधबार

काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छः खानेपानी मन्त्री राई

प्रकाशित मिति :  24 June, 2024 6:50 am


काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन । मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताए ।

मन्त्री राईले बाढीको मात्रा बढने बित्तिकै मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए । उनले खानेपानीको अभाव हुन सरकारले नदिने गरी योजना बनाएको दाबी पनि गरे।

मन्त्री राईले भने,‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहीँ बाढीको कारणले गर्दाखेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरु पनि सोचिएको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’

मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी शुरु गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !