७ कार्तिक २०८१, बुधबार

डीआईजी पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

प्रकाशित मिति :  24 June, 2024 9:44 am


काठमाडौँ । डीआईजी पोषराज पोखरेललाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् ।

उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको हो । पोखरेल हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस !