७ कार्तिक २०८१, बुधबार

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

प्रकाशित मिति :  24 June, 2024 10:37 am


सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा रहेको अस्थायी पुल बगाएको छ । आइतबार रातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।

विसं २०७८ असार २ गतेको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो। सो पुल पनि बगाउँदा एक गाउँबाट अर्को गाउँ जान समस्या भएको छ।

मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुलले जोडेको थियो।

पुल बगाएपछि ती ठाउँहरूमा जान वैकल्पिक बाटो प्रयोग गर्दा थप १५ किलोमिटर घुम्नुपर्ने वडाध्यक्ष चन्द्रबहादुर तामाङले बताए।



प्रतिक्रिया दिनुहोस !