७ कार्तिक २०८१, बुधबार

तराई-मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियोः सांसद थपलिया

प्रकाशित मिति :  24 June, 2024 1:23 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई-मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् । उनले गाउँ गाउँमा अपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरुमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताइन् । उनले नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

“विगत तीन महिना भित्र श्रृंखलावद्ध रूपमा भएको एक दर्जन जति चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ । एकातिर श्रृंखलावद्ध चोरी र डकैतीको घटना भइरहेको छ । अर्कातिर गाउँ गाउँमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिन भित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ,” उनले भनिन्।



प्रतिक्रिया दिनुहोस !