७ कार्तिक २०८१, बुधबार

सांसद पौडेलको प्रश्नः देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?

प्रकाशित मिति :  24 June, 2024 2:01 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएकाे उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरेका हुन् । सरकारमा बसेर प्रश्न सोध्नेहरूकाे जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदा रहेको अभिव्यक्ति दिएकाे र रक्षामन्त्री हरि उप्रेतीले आइतवार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएकाे अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।

“सरकारले संसदलाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ रु म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ रु जवाफ चाहन्छु,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !