७ कार्तिक २०८१, बुधबार

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छः सभामुख घिमिरे

प्रकाशित मिति :  24 June, 2024 3:27 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताएका हुन्।

उनले नेपालमा उत्पादित अलंैची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गरे ।

सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरू समेत बनाउन सक्ने अवस्था रहेको बताउँदै अलैंचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न पनि आवश्यक रहेको बताए । उनले वयर हाउसहरू बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रूपमा विकास गर्न जरुरी रहेको बताए ।

“अलैंचीका विरुवाहरू मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ विरुवा लगाउने प्रक्रियामा अलैंची खेती चलेको छ । नयाँ ठाउँमा रोग नलागि फल्ने गरेको छ । तर बजारको सुनिश्चिता छैन । अलैंचीको बजार सुनिश्चित गर्नको लागि राज्यको तर्फबाट कुटनीतिक पहल गर्न आवश्यक छ । नेपालको अलैंची भारतमा बेच्नुपर्ने र भारतले आफ्नो उत्पादनको नामबाट विश्व बजारमा अर्थात खाडी मुलुकहरुमा पठाउने गरेको छ,” उनले भने ।

उनले अलैंचीका बिरुवाहरू मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताए ।



प्रतिक्रिया दिनुहोस !