७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न: सत्ता ठूलो कि मुलुक ?

प्रकाशित मिति :  24 June, 2024 5:02 pm


काठमाडाैँ । नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य कमला पन्तले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छिन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् ।

त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै गृहमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै उनले प्रश्न गरिन् ।

“अभियोग लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै गृहमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न । केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई । सत्ता नै ठूलो कुरा हो रु आउनुस् न अर्को पटक बहुमत प्राप्त गरेर । सत्ता ठूलो कि मुलुक?,” उनले प्रश्न गरिन् ।

उनले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोज्नुभएको भन्दै प्रश्न गरिन् । सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड सत्तामा बढी केन्द्रित भएको आरोप लगाइन् ।



प्रतिक्रिया दिनुहोस !