७ कार्तिक २०८१, बुधबार

स्याङ्जाको पुतलीबजार नगरपालिकाले ल्यायो १ अर्ब ३२ करोडकाे बजेट,प्राथमिकतामा के-के छन् ?

प्रकाशित मिति :  24 June, 2024 5:43 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८१\०८१ को आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। १५ औं नगर सभामा नगर उपप्रमुख देवी अर्यालले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड ३४ लाख ८ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालू खर्च तर्फ रू ५९ करोड ६२ लाख ४० हजार अर्थात् ४०.५ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ ७२ करोड ७१ लाख ६८ हजार अर्थात् ५४.९५ प्रतिशत रहेको छ।

पालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सडक,पुल, सिंचाइ, भवन तथा सहरी विकास, संचार , उर्जा लगायतका पूर्वाधारको विकासका लागि ६६ करोड ६० लाख ५२ हजार १ सय रूपैयाँ विनियोजन गरिएको छ।

संस्थागत क्षमता विकास र सुशासन तर्फ २१ करोड १६ लाख ९१ हजार२ सय ५० विनियोजन गरिएको छ भने शिक्षा ,स्वास्थ्य, खानेपानी,सरसफाई , संस्कृति संरक्षण , लैङ्गिक समता एवं सामजिक समावेशीकरणका लागि ३७ करोड ३ लाख १६ हजार १ सय ५० विनियोजन गरिएको छ।

कृषि, पशु, सहकारी, पर्यटन , रोजगारी अन्तर्गतका कार्यक्रम संचालन गर्न ५ करोड २२ लाख ७५ हजार ५ सय विनियोजन गरिएको छ। यसैगरी वन, वातावरण , सरसफाइ तथा विपद् व्यवस्थापन गर्न २ करोड २९ लाख ९३ हजार बजेट छुट्याएको छ।

चालू आर्थिक वर्ष २०८०\८१ मा १ अर्ब १ करोड ४८ लाख ७६ हजार ५ सय १६ रूपैयाँ बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ७७ करोड, ६५ लाख १२ हजार ४ सय ४० रूपैयाँ अर्थात् ८६.३७ प्रतिशत मात्रै आम्दानी भएको छ।

आन्तरिक स्रोत तर्फ ४ करोड ६४ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा जेठ मसान्तसम्म कूल ३ करोड ६६ लाख ४७ हजार अर्थात् ७८.९८ प्रतिशत लक्ष्य प्राप्ति भएको छ।



प्रतिक्रिया दिनुहोस !