७ कार्तिक २०८१, बुधबार

देशभर मनसुनी वायुको प्रभाव, मंगलवार कहाँ कहाँ हुदैछ भारी वर्षा?

प्रकाशित मिति :  25 June, 2024 6:58 am


काठमाडौँ। मनसुनी वायुको प्रभाव सोमवारदेखि देशभर रहेको छ । मंगलवार बिहानीपख गण्डकी प्रदेशको केही स्थानहरुमा, कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले छ।

मौसम प्रतिकूल हुने क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !