७ कार्तिक २०८१, बुधबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  25 June, 2024 8:53 am


काठमाडौँ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने लगायतका कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ अन्तर्गत निम्नलिखित मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा निम्नलिखित माननीय सदस्यहरुबाट प्रश्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रश्तुत गर्नेछन्।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।

विभिन्न मन्त्रालयका खर्च कटौतिका प्रस्तावमाथि वैठकमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !