७ कार्तिक २०८१, बुधबार

राप्तीमा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी दश दिने तालिम शुरु

प्रकाशित मिति :  25 June, 2024 9:00 am


देउखुरी । दाङको राप्ती गाउँपालिकामा बेकरी,हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ।

ूराप्तीका युवा र महिला उद्यमशिलतामा पहिलाू भन्ने मूल नाराका साथ गाउँपालिकाको उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत सो तालिम शुरु भएको हो।

व्यावसाय गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यावसायमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।

उनले तालिमले सहभागीहरूको आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने बताए।

१८ जनाको सहभागीता रहेको तालिमको प्रशिक्षकमा निरज जोशी रहेका छन्।



प्रतिक्रिया दिनुहोस !