७ कार्तिक २०८१, बुधबार

मेलम्चीमा बाढी, पानी काठमाडौं पथान्तरण गर्न बन्द

प्रकाशित मिति :  25 June, 2024 9:17 am


काठमाडौँ। मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।

वर्षासँगै बाढीले पु-याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् ।

गत आईतवार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् ।

आईतवार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आईतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो ।

पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !