७ कार्तिक २०८१, बुधबार

विश्व बैंकद्वारा इजिप्टका लागि नयाँ वित्तीय स्वीकृत

प्रकाशित मिति :  25 June, 2024 9:25 am


The World Bank_TMG

काठमाडौँ । विश्व बैंकले समष्टि आर्थिक स्थायित्व अभिवृद्धि गर्न विकास नीति फाइनान्सिङ कार्यक्रमको ढाँचाभित्र इजिप्ट सरकारलाई ७० करोड अमेरिकी डलरको आर्थिक सहयोगको प्रावधानलाई अनुमोदन गरेको छ ।

डिपिएफ कार्यक्रम अल्पकालीन आर्थिक चुनौतिहरूलाई सम्बोधन गर्न, संरचनात्मक सुधारहरूलाई सुदृढ गर्न, अर्थव्यवस्थाको प्रतिस्पर्धात्मकता बढाउन र इजिप्टमा व्यापारिक वातावरण सुधार गर्न सरकारको प्रयासहरूलाई समर्थन गर्न डिजाइन गरिएको हो ।

इजिप्टका अन्तर्राष्ट्रिय सहयोग मन्त्री रानिया अल–मशातले इजिप्टको सरकारले थप प्रतिष्पर्धी अर्थतन्त्र सिर्जना गर्ने लक्ष्य राख्दै महत्वाकांक्षी आर्थिक र संरचनात्मक सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेको बताए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !