७ कार्तिक २०८१, बुधबार

अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

प्रकाशित मिति :  25 June, 2024 10:21 am


काठमाडौँ । नेकपा (एमाले) ले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकम बजेटलाई निर्णयार्थ पेस गर्ने तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि यसअघि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !