७ कार्तिक २०८१, बुधबार

खेतमा काम गर्दा चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  25 June, 2024 10:28 am


सांकेतिक तस्बिर

झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका वार्ड नं २ का ४६ वर्षीय राजन खड्का रहेका छन्।

मंगलबार बिहान ७ बजे खेतमा काम गरिरहेको बेला परेको चट्याङ लागेर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !