७ कार्तिक २०८१, बुधबार

स्याङ्जाको वालिङ नगरपालिकाले ल्यायाे ८६ कराेड ४७ लाखकाे बजेट

प्रकाशित मिति :  25 June, 2024 10:52 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८१\०८२ को लागी ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक गरेको छ । १६ औँ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको हो ।

आगामी आर्थिक वर्षमा नगरले शिक्षामा विद्यालयलाई प्रविधिमैत्रि बनाइने, उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्री र अपांगमैत्री बनाइने उल्लेख गरेकाे छ ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने अभिप्रायले जीवन शैलि प्रर्वद्धन, भान्सा सुधार तथा ४० वर्ष नाघेकाका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागी सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सुनौलो अवकास योजना, मेयरसंँग जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै निति तथा सरकारी स्वास्थ्य संस्थाहरूबाट निस्कने मेडिकल जन्य फोहोरहरूको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्राथमिकता दिने उल्लेख छ ।

एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढदै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकहरूलाई राजनितिक दलसंँग अवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

त्यसैगरि कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्रि बनाईने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरू महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथामिकता दिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !