७ कार्तिक २०८१, बुधबार

नेपाल–भारतबिचका सन्धि, सम्झौतालाई परिमार्जन गर्ने समझदारी भएको छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  25 June, 2024 1:27 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौताहरूलाई परिमार्जन गर्नेगरी अगाडी बढ्ने समझदारी भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटको सम्बन्धमा उठेका प्रश्नका जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएको भेटवार्तामा १९५० को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षिय सन्धि सम्झौताहरुलाई परिमार्जन र अद्यावधिक गर्ने समझदारी भएको बताए ।

यसको लागि सीमा सम्बन्धि विषयलाई स्थापित कुटनीतिक संयन्त्रहरुमार्फत समाधान गर्नेगरी अगाडी बढ्ने समझदारी भएको उनले जानकारी दिए । उनले आफ्नो पछिल्लो भारत भ्रमणको क्रममा पनि यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको र मोदीले सकारात्मक रूपमा लिनुभएको बताए ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा नेपाली दुतावास रियाद र क्यानबेरामा भवन निर्माणको काम सुरू गर्नेगरी बजेटको व्यवस्था गरिएको बताए । त्यस्तै अन्य मुलुकमा रहेका जग्गामा समेत भवन निर्माण गर्न मन्त्रालयले प्राथमिकतामा राखेको बताए । उनले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता बोलाउनका लागि रुसी सरकारसँग कुरा भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !