७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयोः सांसद खतिवडा

प्रकाशित मिति :  25 June, 2024 5:18 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिववाले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गरे । उनले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरूले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए ।

सांसद खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !