७ कार्तिक २०८१, बुधबार

समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरू भएको छः झलनाथ खनाल

प्रकाशित मिति :  25 June, 2024 6:03 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गरे । उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताए । उनले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरूको कार्यभार रहेको बताए । उनले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताए ।

उनले भने, “स्वभाविक रुपले अब हामीले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता छैन कमरेडहरू । हामी जुन प्रकारको नीतिहरू पारित गरिरहेका छाैँ । जुन कार्यदिशा पारित गरिरहेका छाैँ । त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा हाम्रो कार्यभार हो । यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ । यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुनेछ ।”

खनालले दक्षिणपन्थी यथास्थितिवादका बिरुद्धमा भूकम्प सिर्जना गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !