७ कार्तिक २०८१, बुधबार

शुक्रवारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने

प्रकाशित मिति :  26 June, 2024 6:57 am


काठमाडौँ। मनसुन सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशैभर मध्यदेखि भारी वर्षा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

विभागले हरेक तीन दिनको मौसम पूर्वानुमान प्रतिवेदन सार्वजनिक गर्दै आएको । शुक्रवारसम्मै सबैतिरको वर्षाको निरन्तरता देखिएको हो ।

आगामी २४ घण्टामा कोशी ,मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने वागमतीसमेत सबै प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यमवर्षा हुनेछ ।

आगामी तीन दिनसम्म भारी वर्षा हुने स्थानहरुमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम रहने देखिएको छ । यी स्थानहरुमा जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अुनरोध गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलटेलिटको विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !