७ कार्तिक २०८१, बुधबार

श्री रिद्धि सिद्धि ज्वेलरी लक्षित र्‍याली रोक्न आभुषण महासंघ र कालीगढ संघको आव्हान

प्रकाशित मिति :  26 June, 2024 8:46 am


काठमाडौँ। सुनको कोटा प्रणाली खारेजको अभियान चलाइरहेका नरेन्द्र कुमार गुप्ताको ज्याला जर्तिमा लिइएको नयाँ निर्णयले यतिबेला सुनचाँदी क्षेत्र तरङ्गित बनेकोछ ।

गुप्ताको श्री रिद्धि सिद्धि ज्वेलरीले प्रतितोला १० देखि १२ लाल जर्ती कटौती भैरहेकोमा सो नलिने र ७ प्रतिशत मात्रै ज्याला राखेर गहना दिने घोषणा गरेपछि सुनचाँदी व्यवसायको क्षेत्रमा नयाँ बहस सुरु भएको हो ।

श्री रिद्धि सिद्धिको निर्णयलाई सस्ताे प्रचारको संज्ञा दिँदै सो लगायतका विषयको विरोधमा सुनचाँदीसँग सम्बन्धित विभिन्न संघसंस्थाको आव्हानमा आज (बुधवार) कारखाना तथा पसल बन्द गरी शान्तिपूर्ण र्‍यालीमा संलग्न हुन आव्हान गएिको छ ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको लेटरहेडमा प्रकाशित सूचनामा आज ११ बजे न्युरोड गेटबाट शान्ति-याली निकालिने र सो र्‍यालीमा संलग्न हुन आव्हान गरिएको हो ।

सुन चाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलवार अपिल जारी गर्दै आजको र्‍याली महासंघको आधिकारिक धारणा नरहेको जनाएको छ ।

अपिलमा भनिएको छ, “उल्लेख भएका विषयहरुमा छलफल गरी छलफलबाट नै समस्या समाधान हुने भएको हुँदा सम्बन्धित पक्षहरुलाई छलफलका लागि पनि महासंघ आव्हान गर्दछ । साथै आवद्ध सदस्य संघहरुलाई यस्ता क्रियाकलापमा सहभागी नहुन नगरराउने महासंघ हार्दिक अपिल गर्दछ।”

नेपाल सुनचाँदी कालीगढ संघले पनि मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ¥यालीमा संस्थाको कुनै संलग्नता नरहेको उल्लेख गर्दै कालीगढहरुलाई र्‍यालीमा नजान आव्हान गरिएको छ ।

संघले उपभोक्ता बाट ज्याला नलिने घोषणा गरेको ऋद्धिसिद्धिले कालीगढले लिने ज्यालामा कुनै कमी नगरेका कारण नरेन्द्र गुप्ताको निर्णयले कालीगढमा समस्या नपरको पाइएको पनि जनाएको छ ।

संघले कुनै कालीगढले ज्याला वा सुविधा नपाएको भए संघमा जानकारी दिन आव्हान पनि गरेको छ ।

संघ र महासंघले देखिएका विवादलाई वार्ताद्वारा समाधन गर्ने प्रयास गरिरहेका छन् भने गुप्ता सुनको कोटा प्रणाली खारेजको अभियानलाई थप फैलाइरहेका छन् ।

यस विषयमा सरकारले हस्तक्षेपकारी नीति भने अबलम्बन गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !