७ कार्तिक २०८१, बुधबार

कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु

प्रकाशित मिति :  26 June, 2024 10:03 am


सांकेतिक फाेटाे

पोखरा । कास्कीमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ ।

पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीय छोरी आयुश्मा रानाभाटको पनि पहिरोले पुरेर मृत्यु भएको छ ।

निरन्तर वर्षाले पोखरामा सडक भासिएको छ । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो ।

प्रहरीका अनुसार अहिले एकतर्फी रूपमा सडक सुचारु गरिएको छ । वर्षाका कारण पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !