७ कार्तिक २०८१, बुधबार

पोखराको विजयपुरमा पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

प्रकाशित मिति :  26 June, 2024 12:10 pm


काठमाडौं । मंगलबार राति सुरु भएको वर्षाले सडक भत्किँदा पोखरामा सवारी अवरुद्ध भएको छ । रातभरको वर्षाले पोखरा महानगरपालिका वडा नं। १४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ ।

पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् ।

अहिले तत्कालका लागि डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रूहरीका अनुसार बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली र पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोली खटिएको छ ।



प्रतिक्रिया दिनुहोस !