७ कार्तिक २०८१, बुधबार

भारतमा लोकसभाको सभामुख बने ओम बिरला

प्रकाशित मिति :  26 June, 2024 12:29 pm


काठमाडौं । भारतमा लोकसभाको सभामुखमा ओम बिरला चयन भएका छन् ।

बुधबार १८ औं लोकसभाको पहिलो सत्रमा सभामुख चयन गरिएको हो । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले ओम बिरलालाई उम्मेदवार बनाएको थियो । योसँगै उनी लगातार दोस्रो पटक लोकसभा सभामुख बनेका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल ९भाजपा०सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।



प्रतिक्रिया दिनुहोस !