७ कार्तिक २०८१, बुधबार

स्वरुपाको ‘मनमा तिम्रो’ सार्वजनिक

प्रकाशित मिति :  26 June, 2024 3:08 pm


काठमाडौँ। गायिका स्वरुपा सुवालको स्वर रहेको नयाँ गीत मनमा तिम्रो सार्वजनिक भएको छ । गीतको शब्द र कम्पोजसमेत सुवालकै रहको छ ।

ओएरआर डिजिटलबाट बुधवार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो निर्देशन सुब्रत आचार्यले गरेका छन् ।

आचार्य यस क्षेत्रमा कहलिएका निर्देशक हुन् । एसजी क्रियसन र डड प्रडक्सनले भिडियो तयार गरेको हो ।

प्रेमको कथावस्तुमा आधारित गीतको म्युजिक भिडियो पोखरामा छायांकन गरिएको हो । म्युजिक भिडियोमा विकास लामिछाने र गायिका आफैँले पनि अभिनय गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !