१२ श्रावण २०८१, शनिबार

मदन-जीवराज दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने सत्तारुढ नेकपाको प्रतबद्धता

प्रकाशित मिति :  16 May, 2020 9:45 am


काठमाडौं, ३ जेठ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मृत्युबारे सत्तथ्य सार्वजनिक गर्न निरन्तर लागि रहने प्रतिबद्धता जनाएको छ ।

मदन- जीवराजको २७ औं स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो बर्ष गाठको अवसरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै उक्त घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘ उनीहरु मध्य धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्ध षडयन्त्रपूर्ण हत्याका रुपमा लिन्छन् । २७ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।’

भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा २७ बर्षअघि दुर्घटना हुँदा निधन भएको थियो । दुर्घटनालाई षडयन्त्र भनिएपनि अहिलेसम्म यसको वास्तविकता बाहिर आउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !