७ कार्तिक २०८१, बुधबार

प्रतिनिधिसभा वैठक बस्दै, समिति सदस्यहरुमा हेरभेर गरिने

प्रकाशित मिति :  27 June, 2024 6:56 am


काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बिहीवारको वैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने लगायत कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !