७ कार्तिक २०८१, बुधबार

लुम्बिनी प्रदेशको बजेट पारित

प्रकाशित मिति :  27 June, 2024 8:45 am


देउखुरी । लुम्बिनी प्रदेश प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

बजेटमाथि सोमवारदेखि तीन दिन छलफल भएको थियो । छलफलपश्चात बुधवार प्रदेशसभामा सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा बजेट पास गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष ०८१÷८१ का लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये चालुतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ ।

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात् ८ दशमलव ०६ प्रतिशत हुने अनुमान सरकारको छ । आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !