७ कार्तिक २०८१, बुधबार

झापाको बनियानीमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता

प्रकाशित मिति :  27 June, 2024 10:35 am


झापा । झापामा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् ।

झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ बनियानीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका हुन ।

वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय छोरा मिलन विक रहेका छन् ।

वुधबार साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । बालकको खोजीका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहे पनि हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !