७ कार्तिक २०८१, बुधबार

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित

प्रकाशित मिति :  27 June, 2024 5:14 pm


काठमाडाैँ । प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !