७ कार्तिक २०८१, बुधबार

स्याङ्जाकाे भीरकोटमा ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण, नमुना विद्यालय भाग्योदयको नतिजा कमजोर

प्रकाशित मिति :  28 June, 2024 6:50 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा एसईई परीक्षाको नतिजा कमजाेर देखिएको छ। पालिकामा रहेकाे १२ सामुदायिक र ५ वटा संस्थागत विद्यालयबाट ३ सय ८० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये १२९ जना अर्थात् ३४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छ्न्।

१२ वटा सामुदायिक विद्यालयबाट २७४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा जम्मा ७६ जना अर्थात् २७.७३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयबाट १०६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ५३ जना अर्थात् ५० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । तुलनात्मक रूपमा हेर्दा संस्थागत विद्यालयको नतिजा राम्रो देखिए पनि सन्तोषजनक भने छैन।

पालिकाको एकमात्र नमुना विद्यालय भाग्योदय नमुना विद्यालयको नतिजा झन कमजोर देखिएको छ । ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा ८ जना अर्थात् १५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

सामुदायिक विद्यालय तर्फ दभुङ् ठाँटी माविको नतिजा राम्रो देखिएको छ। दभुङ ठाँटीका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। संस्थागत तर्फ बालोदय माविको नतिजा राम्रो देखिएको छ। बालोदय माविबाट ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।



प्रतिक्रिया दिनुहोस !