७ कार्तिक २०८१, बुधबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लाकुरीडाँडामा दुर्घटना, १० जना घाइते

प्रकाशित मिति :  28 June, 2024 10:27 am


काठमाडौँ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका-६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन ।

कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसमा २५ जना सवार थिए।



प्रतिक्रिया दिनुहोस !