७ कार्तिक २०८१, बुधबार

शनिवार कहाँ कहाँ हुँदैछ भारी वर्षा?

प्रकाशित मिति :  29 June, 2024 6:47 am


फाइल फाेटाे

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिवार बिहानीपख कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षा सम्भावित क्षेत्रमा नजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने पूर्वानुमान छ ।

वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न अनुरोध गरिएको छ ।

विभागका अनुसार साेमवारसम्म नै वर्षा जारी रहनेछ । आगामी तीन दिनको मौसम पूर्वानुमान प्रतिवेदन हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !