७ कार्तिक २०८१, बुधबार

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छः पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाशित मिति :  30 June, 2024 7:39 am


काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताएका हुन्।

नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले पछाडि नपरेको भनाइ उनको छ ।

डा. भट्टराईले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने जनाए। नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए।

उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको चर्चा गर्दै समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥याउने गरी काम गर्नुपर्ने सुझाए।

डा. भट्टराईले भने, “नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥यायौँ । त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ ।”

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने सुझाव दिए। नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !