७ कार्तिक २०८१, बुधबार

आजदेखि एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

प्रकाशित मिति :  30 June, 2024 8:14 am


काठमाडौँ। आजदेखि नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुने भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिने भएका छन्। महाधिवेसनबाट दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन हुनेछन्।

महाधिवेसनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिएका छन्।

एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ महाधिवेसनको रुपमा सम्पन्न गर्न थालेको हो ।



प्रतिक्रिया दिनुहोस !