७ कार्तिक २०८१, बुधबार

प्रतिनिधि सभा बैठक अपराह्न ३ बजे बस्दै, आर्थिक विधेयक माथि छलफल हुने

प्रकाशित मिति :  30 June, 2024 8:21 am


काठमाडौँ। ङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।

बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । ।

अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

पुनले भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !