७ कार्तिक २०८१, बुधबार

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा नियुक्त

प्रकाशित मिति :  30 June, 2024 11:35 am


काठमाडौँ । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा नियुक्त भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार प्रदेश सभा सदस्य देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्।

नदेवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए ।

देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !