७ कार्तिक २०८१, बुधबार

मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइनः पूर्वसभामुख रानाभाट

प्रकाशित मिति :  30 June, 2024 2:15 pm


काठमाडाैँ । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन् ।आइतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे ।

उनले नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरू एवं आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै सम्भव रहेको बताए ।

“नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन । संसारभर रहेका आफ्ना मित्रहरू, आफ्ना छिमेकीहरू, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरू र आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै हुन्छ । जनताले चुन्ने हो”, उनले भने ।

पूर्वसभामुख रानाभाटले सांसदहरू संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताउ ।



प्रतिक्रिया दिनुहोस !