७ कार्तिक २०८१, बुधबार

संसद् बैठकमै माननीयज्यूहरू घ्वारघ्वार गर्दै निदाउनुहुन्छ: उपसभामुख राना

प्रकाशित मिति :  30 June, 2024 2:17 pm


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।

उनले संसद्मा फोटो खिच्न आफूले नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् ।

उनले भनिन्, “संसद्मा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।”

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !