७ कार्तिक २०८१, बुधबार

सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन: उपाध्यक्ष घिमिरे

प्रकाशित मिति :  30 June, 2024 2:24 pm


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले संसद्‌मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् । अग्रजका सल्लाह सुझावबाट संसद्लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।

उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थलाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।

उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरिन् । उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !