७ कार्तिक २०८१, बुधबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँग देउवाको भेटवार्ताबारे छलफल हुने

प्रकाशित मिति :  1 July, 2024 7:49 am


काठमाडौँ । सोमवार (आज) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

यही असार १५ देखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मितिसमेतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !