७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति :  1 July, 2024 11:08 am


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । पछिल्ला केहि दिन एमाले र कांग्रेसका शीर्ष नेताको भेटघाटसँगै ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा तरंग आएको छ ।



प्रतिक्रिया दिनुहोस !