७ कार्तिक २०८१, बुधबार

देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैनः सांसद सापकोटा

प्रकाशित मिति :  1 July, 2024 3:00 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा९एमाले०का शिर्ष नेताहरूको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताएका हुन् । उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरू भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।

“दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ । मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समिकरण उलटफेर हुँदैन्”, उनले भने ।

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !