७ कार्तिक २०८१, बुधबार

सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री लामिछानेले भने: हल्ला मात्रै हो, मलाई थाहा छैन

प्रकाशित मिति :  1 July, 2024 4:47 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समिकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समिकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको बताए ।

उनले आफुले दुई जना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए । “कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन,” उनले भने ।

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरू बिचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !