७ कार्तिक २०८१, बुधबार

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ बहुमतले पारित

प्रकाशित मिति :  2 July, 2024 7:36 am


काठमाडौँ। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसदबाट बहुमतले पारित भएको छ।

सोमवारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथ आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रश्तुत गरेको विधेयक बहुमतले पारित भएको हो ।

सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसदबाट बहुमतले पारित भएको घोषणा गरिएको हो।

संसदमा सांसदहरुले विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !