७ कार्तिक २०८१, बुधबार

भातृ संगठनको महाधिवेसन गराउन कांग्रेसले गठन गर्यो निर्देशन समिति

प्रकाशित मिति :  2 July, 2024 7:53 am


काठमाडौँ। नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न–गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न निर्देशन समिति गठन गरेको छ ।

फरक–फरक निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने–गराउने भएका छन् । समितिले विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जनाइएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिएको दिएका छन् । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !