७ कार्तिक २०८१, बुधबार
सरकार परिवर्तनको सहमति

लुम्बिनी प्रदेशमा राजीनामाको तयारीमा एमालेका मन्त्रीहरू

प्रकाशित मिति :  2 July, 2024 11:36 am


दाङ । संघमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति सँगै प्रदेशमा समेत सरकार परिवर्तनको तयारी सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

लुम्बिनीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ ।

लुम्बिनीमा एमालेले नेतृत्व पाउने गरी सहमति भएको छ ।

स्रोतका अनुसार बुधबारसम्ममा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । लुम्बिनीमा नेकपा एमालेका २९ सांसद छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।

अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले स्वत राजीनामा दिनेछन् वा विश्वासको मत लिने ३० दिनको समयसम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।

गएरातिको सहमतिसँगै संघमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्ने छ ।



प्रतिक्रिया दिनुहोस !