७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने,विश्वासकाे मत लिने

प्रकाशित मिति :  2 July, 2024 11:44 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
एमालेले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाउने तयारी गरेको छ ।

एमालेले समर्थ फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन पर्ने छ ।

विश्वासको मत प्राप्त गर्न नसके प्रचण्ड नेतृत्वको सरकार ढल्ने छ र नयाँ सरकार गठनको प्रकृया सुरु हुने छ ।

नेकपा एमाले र कांग्रेसले आलोपालो प्रधानमन्त्री चलाउने सहमति गरेका छन् ।

पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।



प्रतिक्रिया दिनुहोस !